सह चालकले चलाएको बस धादिङमा दुर्घटना ५ जना घाइते, ४ को अवस्था गम्भीर

काठमाडौँ-  धादिङको नीलकण्ठ नगरपालिका १३ मा सहचालकले चलाएको यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा ४ जनाको अवस्था गम्भिर छ ।
नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा भन्ने स्थानमा सडकबाट धानखेतमा गुडेको थियो ।

केहि घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ भने केहिलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका( ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् । बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

बसका चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?