कृषि विकास बैंक चोरी प्रकरण : एक कर्मचारी पक्राउ

काठमाडौं । कृषि विकास बैंक लाहान शाखाका एक कर्मचारी पक्राउ परेका छन् । कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको हो ।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?