बुबाको यस्तो कुकर्म : छोराको ढाडमा तातो फलामले डामेर खुर्सानीको खार लगाए !

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीका एक बालकलाई बुबाले चरम यातना दिएको पाईएको छ । मुक्लीका ९ वर्षीय संयोग राईले असोज १२ गते आइतबार वडा कार्यालयमा उजुरी दिएपछि बुबाले छोराछोरीलाई चरम यातना दिएको तथ्य बाहिरिएको हो ।

बुबा तिर्थ राईले चरम याताना दिने गरेकाले न्याय दिलाई पाउ भनी पीडित संयोगले वडा कार्यालयमा उजुरी दिएको वडा नम्बर ६ का अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिनुभयो ।

चरम यातना दिदै आईरहेको तिर्थले गल्ती स्वीकार गरि सकेका छन् । उन्ले अन्य २ जना छोरीहरुलाई पनि यातना दिनेगरेको उजुरीमा उल्लेख गरिएको छ । बालकको उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाईएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । यस्तै २ छोरीहरुलाई पनि उन्ले यातना दिनेगरेकाले उनीहरुलाई पनि आफन्तकोमा राख्ने व्यबस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।

तस्वीर : अध्यक्ष फुर्तीमान तामाङकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?