काठमाडौ– युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–४ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र अधिकारी , कास्की पोखरा पृथ्वीचोक बस्ने स्याङजाका २९ वर्षीय प्रवीन गिरी र स्याङजा चापाकोट नगरपालिका–४ का २८ वर्षीय प्रदीप गिरी रहेका छन् प्रवीन र प्रदीपलाई सोमबार तथा अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । युरोपियन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा लगाइदिन्छु भनि राहदानीमा नक्कली भिसा लगाई प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिई टर्की पु¥याएर २ महिनासम्म श्रम शोषण गरी अलपत्र पार्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया