काठमाडौं, २८ पुस । नेकपा–एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज बस्दै छ संयुक्त कार्यदलको बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने नेताहरुले बताएका छन् उक्त बैठकले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाउने छ कार्यदलले बनाएको साझा अवधारण पार्टी एकता संयोजन समितिलाई बुझाउने कार्यदेश पाएको छ माओवादी नेता तथा कार्यदल सदस्य मात्रिका यादवले कार्यदलले पाएको कार्यदेश अनुसार गृहकार्य सुरु गर्ने बताए यसअघि गत २६ गते एमाले माओवादी शीर्ष नेताको उपस्थितिमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा कार्यदलको पहिलो बैठक बसेको थियो । उक्त बैठकले तत्काल काम सुरु गर्ने निर्णय गरेको थियो कार्यदल बैठकमा माओवादीबाट रामबहादुर थापा ‘बादल’ वर्षमान पुन, मात्रिका यादव तथा एमालेबाट सुवास नेम्वाङ, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया