तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने

गगन अयडीकैलाली, ३० पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी छिट्टै तोक्ने बताएका छन् कैलालीको गोदावरीमा आईतबार बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताएका हुन् दलहरुसंग सहमतिको प्रयास गर्दा केही ढिलाई भएको बताउदै देउवाले अब सहमति भए पनि नभए पनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताए संसद गठनको प्रकृया बाँकी रहेकाले प्रधानमन्त्रीबाट आफूलाई राजीनामा दिन समस्या भएको प्रधानमन्त्री देउवाले बताए राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेको उल्लेख गर्दै उनले संविधानको मर्म र भावना नबुझेर सत्ता हस्तान्तरणको राग अलाप्नुको अर्थ नभएको बताए उनले अबको प्रधानमन्त्रीको टुङ्गो लगाउन बामगठबन्धनले नसकेको समेत बताए राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संसदले पूर्णता पाउने भएकाले त्यो अवधिसम्म कायम रहने उनको भनाई थियो सात नम्बर प्रदेशको मुकाम तोक्न समस्या भएको प्रधानमन्त्री देउवाले बताए सहमतीको प्रयास गरे पनि त्यो नभएकाले अब सरकारले स्रोत साधन भएको स्थानमा प्रदेशको राजधानी तोक्ने प्रधानमन्त्री देउवाले बताए प्रतिनिधि सभाका सांसद नारदमुनि रानाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरे उनले अब देशले सम्बृद्धि चाहेकाले बाम गठबन्धनको सरकारले त्यो पुरा गर्ने बताए गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदले गुरुयोजना बनाएर यस क्षेत्रको प्रमुख धार्मिक पर्यटकिय स्थल गोदावरीको विकास गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?