‘कांग्रेसका ७५ वर्ष पुगेकाहरुलाई मिठो खुवाएर विदा गर्न चाहन्छौं’माघभित्रै एमाले–माओवादी एकता हुन्छ, ओली प्रधानमन्त्री भए प्रचण्ड अध्यक्ष : मोदीसंविधान संशोधनमा जो ईमान्दार हुन्छन्, उसलाई समर्थन गर्छौं : राजपा नेता राय‘मुख्यमन्त्री फेसबुकमा दाबी गरेर हुने होईन’
काठमाडौं, २ माघ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भने,‘हामी सबै दल गम्भिर बन्नुपर्छ, विधिले चल्न सकेनौं भने हतियार हाबी हुन्छ, यतातर्फ सबैको ध्यान जाओस्।’साक्षात्कारमा भण्डारीले राजनीति जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत जोड दिए । उनले थपे,‘राजनीति भनेको नेताले आफ्नो दुनो सोझ्याउने काम मात्रै होईन, जनताको हालत अहिले के छ ? यतातिर सोच्नुपर्छ, देश र जनताको आर्थिक क्षमता अभिवृद्धि गर्नेतिर सबैले गम्भिर भएर सोच्नुपर्छ ।’भण्डारीले आफूहरुले जारी गरेको संविधानका हरेक शब्दहरुको व्याख्या अदालतले गर्नुपर्ने अवस्था भएकोले हचुवाको तालमा जे मन लाग्यो त्यही बोल्न नहुने धारणा राखे । आफूले धेरै पहिल्यै नै रिपोर्टर्स क्लबकै साक्षात्कारमा पनि वामपन्थीहरुले जिते भनेपनि सरकार बनाउन धेरै लामो समय लाग्छ भनेर बोलेको कुरा अहिले आएर पुष्टि भएको तर्क गरे उनले भने,‘कम्युनिष्टहरु ईभेन्ट अनुसार बोल्छन्, उनीहरुको विशेषता भनेको नै त्यही हो, हिजो माओवादी र कांग्रेसले मिलेर तयार पारेको अध्यादेश राष्ट्रपतिसामु प्रस्तुत गर्दा त्यसमा वाम गठबन्धनले अड्को थाप्यो, अहिले त्यसकै कारण राष्ट्रिय सभा निर्वाचनमा ढिलाई भयो, यतिबेलासम्म त नयाँ सरकार गठन भैसक्थ्यो, तर के गर्नु उहाँहरुले कुरा बुझ्नुभएन्।’उनले कांग्रेस पनि विधिले चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘कांग्रेस पनि विधिले चल्नुपर्यो, कांग्रेस त पाठशाला हो, हाम्रो पाठशालाबाट मदन भण्डारीले सिक्नुभयो, सशस्त्र द्धन्द्ध गरेको पार्टी माओवादीलाई शान्ति प्रक्रियामा ल्याईयो, अहिले हामी संस्कारविहिन भएका छौं, कांग्रेस मियो हो, तर यहाँ विधि हराएको छ।’ उनले चुनाव जित्दैमा कोही पनि माँत्तिन नहुने र हार्दैमा आँत्तिन नहुने धारणा राखे भण्डारीले तत्काल पार्टीको केन्द्रिय कार्यसमिति बैठक बोलाउनुपर्ने बताए । उनले भने,‘केन्द्रिय कार्यसमितिको बैठकले महासमिति बोलाउँछ, महासमितिले अग्र अधिवेशन बोलाउँछ र समय अनुसार चल्न नसकेका नेतालाई विदा गर्छ।’ उनले वाम गठबन्धनको चूनौति सामना गर्नको लागि ७५ वर्ष पूरा भएका कांग्रेस नेताहरुलाई विदा गर्नुपर्ने बताए उनले भने,‘म विस्थापित नै गर्नुपर्छ भन्ने शब्द प्रयोग गर्दिन्, तर कांग्रेस भनेको घर हो, घरका बा–आमालाई जसरी वृद्ध भएपछि मिठो–मिठो खुवाएर आराम गर्न लगाईन्छ, त्यसैगरि कांग्रेसका पाका नेताहरुलाई मिठो खुवाएर विदा गर्न चाहन्छौं।’तपाईहरुको ७ भाई त फुट्यो नि ? विश्वप्रकाश शर्मा त पार्टीको प्रवक्ता बन्नुभयो र उहाँले कांग्रेस एजले होईन एजेण्डाले चलाउने हो भन्नुभएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा भण्डारीले भने,‘हिजो हामी ७ थियौं, अहिले १० बाट १५ हुँदै २५ भएका छौं नि।’ त्यस्तै उनले प्रधानमन्त्री निवास बालुवाटार अहिले मन्त्री, प्रधानमन्त्री भन्दापनि आसेपासेले बढि चलाएको आरोप लगाए उनले तराई, हिमाल र पहाड सबैलाई सम्पन्न गराउनतिर सोच्नुपर्ने बताए । भण्डारीले थपे,‘तराईका नेताहरुले यसबारेमा सोच्नुपर्छ, उहाँहरुले तराईको विकास कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्छ, बुढीगण्डकीलाई तराईसँग जोड्नुपर्छ, दश वर्षभित्रै हामी सम्पन्न हुन्छौं।’नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद अमनलाल मोदीले यही माघ महिनाभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र फागुण दोस्रो सातामा नयाँ सरकार गठन हुने दाबी गरेका छन् मोदीले भने,‘हामीहरुवीच पार्टी एकता यही माघ महिनाभित्रै हुन्छ, यसमा कुनै शंका छैन, सरकार गठनभन्दा पहिले नै पार्टी एकता भैसक्छ, गृहकार्य जारी छ, सरकारपनि फागुणको दोस्रो साता बनिसक्छ।’ उनले पार्टी एकतापछि नेताहरुको व्यवस्थापन पनि समझदारीमा नै टुँगो लगाउने स्पष्ट पारे मोदीले पार्टी एकतापछि प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली भए एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने यदि प्रचण्ड प्रधानमन्त्री भए ओली अध्यक्ष हुने समेत विश्वास दिलाए । उनले भने,‘एकजना नेता एउटा जिम्मेवारीमा हुँदा अर्को नेता अर्को जिम्मेवारीमा बस्नुहुन्छ, एकजना प्रधानमन्त्री अर्को अध्यक्ष नै हो, किनकी यो कुनै पार्टीमा विलय हुने कुरा होईन, यो त एकता हो नि।’नेता मोदीले एमाले र माओवादी विना कम्युनिष्ट केन्द्रको पूर्णता नहुने बताउँदै दुई पार्टीलाई हाईड्रोजन र अक्सिजनको संज्ञा समेत दिए । उनले भने,‘जसरी पानी बन्न हाईडा«ेजन र अक्सिजनको मिश्रण हुन्छ, यो वैज्ञानिक कुरा हो, त्यसैगरि एउटै कम्युनिष्ट केन्द्रको लागि दुवै पार्टीको उतिकै महत्व छ।’निर्वाचन सम्पन्न भएसँगै एउटा युगको अन्त्य भएर नयाँ युगको सुरुवात भएको बताउँदै मोदीले भने,‘नयाँ युगमा नयाँ नेतृत्व हुनुपर्छ, नयाँ तरिकाले नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेश रायले संविधान संशोधनमा जसले लचकता अपनाउँछ त्यो पार्टी वा गठबन्धनलाई केन्द्रिय सरकार बनाउन आफूहरुको समर्थन हुने स्पष्ट पारेका छन् । उनले भने,‘संविधान संशोधनबारे हामीले उठाएका माँगहरु जसले पूरा गर्छन, त्यसलाई हामी सरकार गठनमा समर्थन गर्छौं।’उनले यो पटक उधारोमा सम्झौता नहुने भन्दै नगद सम्झौता गरिनेमा जोड दिए ।उनले भने,‘संविधान संशोधनमा ईमानदारी भएर लाग्छौं भन्ने प्रतिबद्धता आएपछि त्यो पनि उधारो होईन, नगदमा हुनुपर्छ, त्यो भयो भने हामी जुनसुकै शक्तिलाई पनि सहयोग गर्छौं।’रायले २ नम्बर प्रदेशमा राजपा र फोरमको बहुमत आएकोले गठबन्धनका नेताहरुवीचको आपसी समझदारीमा कसको नेतृत्वमा प्रदेश सरकार बनाउने भन्ने कुरा टुँगो लगाउने पनि बताए । उनले भने,‘समझदारी हुँदैछ, २ नम्बर प्रदेशको मुख्यमन्त्री को बन्छ भन्ने कुरा फेसबुकले निर्धारण गर्ने कुरा होईन, उपेन्द्र यादवजी र महन्थ ठाकुरवीच कुरा मिल्छ।’ आफूहरुलाई मिलेर नै सरकार बनाउनेगरि जनताले म्याण्डेट दिएकोले यसबाट कोही पनि भाग्न नमिल्ने उनको धारणा थियो । ‘अब यो जिम्मेवारीबाट भाग्ने छुट कसैलाई पनि छैन’ उनले भने,‘कुनै झगडा छैन।’उनले आफूहरु धेरै ठक्कर र हण्डर खाएर आएकोले अब कोही पनि जनताको म्याण्डेटबाट दायाँबायाँ नहुने जिकिर गरे । उनले ओली, प्रचण्ड र देउवा सबैले आफूहरुसँग सम्झौता गरेपनि संविधान संशोधन नगरेकोमा गुनासो पोख्दै भने,‘हामीलाई सबैसँग आशा छ, तर विश्वास छैन्।’त्यस्तै उनले आफूहरुले केन्द्रिय सरकारमा जाँदैनौं भनेर कहिल्यैपनि किरिया कसम नखाएको उल्लेख गर्दै भने,‘हामीले किरिया खाएका छैनौं नि, तर अहिले हाम्रो मुख्य ध्यान भनेको हाम्रो माँग पूरा हुनुपर्छ।’ उनले तराई मधेशमा जनता शितलहरका कारण दयनीय अवस्थामा रहेको र कतिले ज्यान गुमाईसकेको अवस्था भएपनि यो सरकारले कुनै वास्ता नगरेकोमा आक्रोश पोखे । ‘मधेश नेपालमा पर्छ कि पर्दैन ? यदि पर्छ भने खोई सरकारका प्रतिनिधिहरु ? उनले भने,‘अहिले हामी आफ्नो क्षमता अनुसार राहत लिएर गएका छौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया