काठमाडौं, २ माघ– मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सर्वोच्च अदालतले पुरानो मुद्दामा ५ वर्ष जेल सजायको फैसला सुनाएको छ न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको हो पुनरावेदनले ०६९ सालमा ज्यान मुद्दाका अभियुक्तहरु रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने सफाइ दिएको थियो। तर, मनाङेलाई भने दोषी ठहर गर्दै पाँच वर्ष कैद सुनाएको थियोपुनरावेदनले मनाङेबाहेकलाई सफाइ दिएपछि यस विरुद्ध सरकारले ०७० जेठ १० गते पुनरावेदन गरेको बताइएको छ तत्कालीन समयमा उनले २ वर्ष सजाय काटेकाले अब उनी ३ वर्ष जेल बस्नुपर्नेछ मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया