माओवादी केन्द्रका नेता तथा दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद कृष्ण बहादुर महराले सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको उनले एक विज्ञप्तिमार्फत जनाएका छन् देशका विभिन्न भागहरुमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमको सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको पनि उनले बताएका छन् उनले विज्ञप्तिमा भनेका छन्–देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु । यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।’यस्तै उनले ५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनी स्थानीयले गरिरहेको आन्दोलनको आफ्नो समर्थन रहेको र निर्णय तत्काल सच्याउन पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया