नर्सहरुको आन्दोलनले अस्पतालको सेवा प्रभावित

गगन अयडी धनगढी, माग ३–केन्द्रीय सर्कुलर अनुसार सेती अञ्चल अस्पतालमा कार्यरत नर्सीङ कर्मचारी पनि सेवा बहिष्कार गर्दै आन्दोलीत भएपछि स्वास्थ्य सेवा प्रवाह गर्न जटिलता उत्पन्न भएको अस्पतालले जनाएको छ नर्सीङ कर्मचारीको आन्दोलनका कारण अस्पतालका वार्ड डाक्टरले चलाउनुपर्ने अवस्था सिर्जना भएको सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले जानकारी दिए तर सरकारले आफुहरुका माग सम्बोधन गर्न आलटाल गरिरहेको भन्दै हातमा कालो पट्टी बाधेर सुरु गरिएको आन्दोलनलाई भोलीबाट ८ घण्टा सम्म सेवा बहिष्कार गर्ने निर्णयमा नर्सीङ कर्मचारी पुगेका छन् त्यसले सेवा प्रवाहमा थप समस्या आउने देखिएको छ । नेपाल नर्सीङ संघको नेतृत्वमा विभिन्न माग राख्दै नर्सीङ कर्मचारी आन्दोलीत भएपछि सेती अञ्चल अस्पतालको उपाचार सेवा प्रभावित भएको हो सरकारले आफ्हरुका मागको कुनै मतलब नगरेको भन्दै पुष २६ गतेदेखी हातमा कालोपट्टी बाधेर सुरु गरिएको आन्दोलनको स्वरुप नर्सीङ कर्मचारीले परिवर्तन गर्दै लगेपछि सेवा थप प्रभावित हुन सक्ने देखिएको छ पुस २६ र २७ मा कालो पट्टि बाध्ने, पुस २८, २९, ३० मा बिहान १० देखि ११ बजे काम ठप्प पार्ने त्यस्तै माघ १,२, ३ मा बिहान १० देखि १ बजेसम्म ३ घण्टा अस्पतालको सेवा ठप्प पारेका छन् । नर्सीङ कर्मचारीले बीहिबारबाट ६ गते सम्म बिहान ८ देखी दिउसो ४ बजे सम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन् सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले नर्सीङ कर्मचारीको आन्दोलनले सेवा प्रदान गर्न समस्या उत्पन्न भइरहेको र आन्दोलनको समय बढाएर ८ घण्टा पु¥याइएपछि थप समस्या उत्पन्न हुने डाक्टर केसीले बताए तर, आइसियु र डायलोसीसमा नर्सीङ कर्मचारीले सेवा दिइरहेको निमित्त मेसु केसीको भनाई छ यद्यपी वार्डमा डाक्टर आफैले सबै सेवा प्रदान गरिरहेका छन् । यता सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशिघ्र लागु गरिनुपर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई विनाशर्त पुनर्बहाली गरिनुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गरिनुपर्ने, सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ताको व्यवस्था गरिनुपर्नेलगायतका ११ बुदे माग आन्दोलित भएको नेपाल नर्सीङ संघले आफुहरुका मागप्रती सरकारले मतलब नगरेको भन्दै बिहिबारबाट आन्दोलनलाई सशक्त बनाइने नेपाल नर्सीङ संघ कैलाली शखाकी अध्यक्ष यसोदा ढकालले जानकरी दिइन् उनीहरुले आफ्नो आन्दोलनलाई गलत ढङ्गले हेरिएको भन्दै आपत्ति समेत प्रकट गरेका छन् । नेपाल नर्सीङ संघ कैलाली शाखाकी पुर्व अध्यक्ष भगवती बडालको भनाई छ । तर धेरैले अस्पताल र आम नागरिकलाई समस्यामा पार्ने गरी नर्सीङ कर्मचारीले सेवा बहिष्कार गरेर आन्दोलन गर्नु अनुचित भएको भन्दै आएका छन् शान्तिपुर्वक रुपमा आफ्ना माग सरकारस“ग जोकोहीले पनि राख्न पाउने भएपनि स्वास्थ्य सेवा प्रभावित हुने गरी आन्दोलित हुनु राम्रो नभएको तर्क उनीहरुले गरेका छन् कैलालीको मालाखेती अस्पतालमा तालाबन्दी गरिएको छ । मालाखेति अस्पतालमा २४ घण्टा प्रसुति सेवा सुचारु हुनुपर्ने , अस्पतालमा कार्यरत अनमि बिष्णुमाया बुढाको पुर्नवाहालि गरिनुपर्ने लगाएतका माग राख्दै स्थानिय बासिहरुले तालाबन्दी गरेका हुन्विगत लामो समयदेखि अस्पतालमा कार्यरत बुढाको गत असारमा करार सकिएपछि अस्पताल व्यवस्थापन समितिले उहाको करार अवधि नविकरण नगरेको स्थानियहरुले आरोप लगाएका छन् आन्दोलनरत समितिका अध्यक्ष प्रेम बहादुर भोलाले अस्पतालको समस्या समाधानका लागि अस्पताल व्यवस्थापन समितिका गम्भिर नभएको आरोप लगाए उता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत खड्काले नर्सहरुको देशभरमा भैरहेको आन्दोलनका कारण कर्मचारी कम हुदा सेवाग्राहीलाई सेवा दिन नसकिएको स्विकार गरे उनले अनमि बुडाको करार अवधि सकिएकाले तलब दिन नसक्दा करार नथपिएको जानकारि दिए । अध्यक्ष खड्काले अस्पताल अहिले नगरपालिकाको मातहतमा रहेकाले नयाँ कर्मचारी भर्नाका लागि नगरपालिकालाई पटक पटक अनुरोध गरेपनि कुनै सुनुवाई नभएकोले समस्या आएको बताए अस्पताल प्रमुख डा दिपा जोशिले आन्दोलन कारिले आफुहरुमाथि हातपात गरेकोले सेवा दिन नसकिने जानकारि दिइन् अस्पतालका कार्यरत कर्मचारीहरुको हस्ताक्षर सहितको प्रेश नोटमा हातपात गर्नेलाई कार्वा्हि नभएसम्म सेवा सुचारु हुन नसक्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?