गगन अयडीकैलाली, माघ ३ । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा सात नम्वर प्रदेश संयोजक भीमवहादुर रावलले अहिले तोकिएका अस्थायी मुकामलाई लिएर उत्तेजित नहुन आग्रह गरेका छन् बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भिमबहादुर रावलले प्रदेशको राजधानीका विषयमा प्रदेशसभाको निर्णय पर्खिनु पर्नेमा जोड दिए उनले प्रधानमन्त्री शेरवबहादुर देउवाले सत्ता छाड्न ढिलाई गरिरहेको आरोप लगाउँदै भने– उहाँले कैलाली आएरै सरकार कसलाई छोडौ भन्नु भएछ । संसारभर चुनावी गठवन्धन हुन्छन जसले जित्छ त्यसैले सत्ता सुम्पिने हो । प्रधानमन्त्री राजनीतिशास्त्रको विद्यार्थी पनि हो मैले उहाँलाई सम्झाउनु नपर्ने हो उनले सरकार बन्ने अवस्था आउने वित्तिकै बामगठन्धनले तुरुन्तै प्रधानमन्त्री बारे निर्णय लिने ठोकुवा पनि गरे बाम गठवन्धनमा को प्रधानमन्त्री हुने र एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विवाद पनि नरहेको उनको दाबी छ एक प्रश्नको जवाफमा उनले सरकार गठन र पार्टी एकता जुन पहिले गर्न आवश्यक हुन्छ त्यही गर्ने बताए एमाले प्रदेश नम्वर सातको वैठकका लागि रावल धनगढी आएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया