कांग्रेस बैठकमा देउवाको निर्देशन

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटन् पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् सभापति देउवाले विहिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केन्द्रिय कार्य समिति बैठकको शुभारम्भ गर्दै राष्ट्रिय सभा निर्वाचनको तयारीमा केन्द्रित हुन पनि पार्टीका नेताहरुलाई सचेत गराएका हुन् । बैठकको सुरुमै पार्टी सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए त्यस क्रममा सभापति देउवाले निर्वाचनको समिक्षाका लागि तत्काल पार्टी महासमिति बैठक बोलाउने आश्वासन पनि दिएका थिए । निर्वाचनपछि पहिलो पटक बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति देउवाले निर्वाचनमा पार्टीले पराजय व्यहोर्नु पर्नाका कारणको खोजी गर्न आफू खुला दिलका साथ बहस गर्न तयार रहेको पनि बताएका प्रवक्ता शर्माले जानकारी दिए बैठकमा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजय व्यहोर्नु पर्नाको कारणको समिक्षा गरेर मात्रै पार्टीलाई सुदृढ बनाउन सकिने धारणा राखेका थिए । बैठकमा नेताहरुले एकतावद्ध भएर राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटने वातावरण तत्काल बनाउन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?