भक्तपुर, ५ माघ – देशभर नेपाली काँग्रेस पार्टीलाई मजबुत बनाउनका लागि काँग्रेस पार्टी जिल्ला सभापतिले छलफल शुरु गरेका छन् स्थानीय वाग्मती क्लबमा प्रदेश नं ३ का काँग्रेसका जिल्ला सभापतिले यसबारे छलफल शुरु गरेका हुन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारेमा जिल्ला सभापतिबीच छलफल भएको काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए उनले भने, “ हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै निर्वाचनमा पार्टीको कहाँ कहाँ के कमजोरी भए, कमजोरीलाई कसरी सुधार्दै लैजाने, संगठन र पार्टीलाई कसरी बलियो तथा मजबुत बनाउने भन्नेबारेमा छलफल भएको हो ।”जिल्ला सभापति वा पार्टीका कुनै गुट वा उपगुटको भेला नभई पार्टीलाई बलियो बनाउनेबारे जिल्ला सभापतिको छलफल भएको उनको भनाइ थियो । छलफलमा सभापतिहरु भक्तपुरका दुर्लभ थापा, काठमाडौँका सबुज बानियाँ, रसुवाका पेम्बा छिरिङ, मकवानपुरका इन्द्र बानियाँ, सिन्धुलीका उज्ज्वल बराल, रामेछापका लवश्री न्यौपाने, दोलखाका रुद्रबहादुर खड्का, सिन्धुपाल्चोकका विकास लामा, नुवाकोटका जगदीशनरसिंह केसी र काभ्रेपलाञ्चोकका मधु आचार्यको सहभागिता थियो ललितपुरका सभापति क्यानडामा रहेको तथा चितवन र खोटाङका जिल्ला सभापति भने व्यस्तताका कारण छलफलमा सहभागी नभएको बताइएको छ यही माघ ७ गते खोटाङ हलेसी महादेवको दर्शन गर्दै देशभरका सम्भव भएसम्मका काँग्रेस जिल्ला सभापतिहरु सहभागी भएर पार्टीलाई मजबुत बनाएर लैजानेबारेमा हलेसीमा छलफल हुने र यस्ता छलफललाई निरन्तरता दिनेबारे जिल्ला सभापतिबीच सहमति भएको भक्तपुर सभापति थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया