प्रदेशसभा सदस्यको शपथ कहिले ?

काठमाडौँ, ५ माघ – नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन आजै राजपत्रमा प्रकाशन गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत्तत् प्रदेशका प्रमुखहरु आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका छन् आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यता छ सोहि अनुसार आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यालाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?