काठमाडौं, ६ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियसभाको निर्वाचन भएर परिणाम आएलगत्तै देशले नयाँ सरकार पाउने बताएका छन् एवं पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले वामपन्थी गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दाबी गरे काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि वामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको जानकारी समेत दिए । यद्यपि प्रदेश २ मा फोरम या राजपाको साथ नलिएसम्म सरकार बन्ने अवस्था छैन उनले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अब त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया