धनगढी, ७ माघ । प्रदेश प्रमुख आइनपुगेपछि प्रदेश नं. ७ मा शपथ ग्रहणमा ढिलाई हुने भएको छ बिहान ११ बजे शपथ ग्रहणका लागि समय निर्धारण गरिएको भएपनि प्रदेश प्रमुख मोहनराज मल्ल धनगढी आईनपुगेपछि ढिलाई भएको हो प्रदेशसभा सदस्यहरुको सपथ विहान ११ बजे जिल्ला समन्वय समितिको हलमा गर्ने कार्यक्रम तय भएको थियो प्रमाणपत्र लिन काठमाडौं पुगेका प्रदेश प्रमुख राज मल्ल शनिबार नै धनगढी आउने कार्यक्रम रहेको भएपनि खराब मौसमका कारण विमान उड्न नसकेपछि रोकिएका थिए जसरी पनि धनगढी पुग्नुपर्ने भएकाले गाडीमा धनगढीतर्फ लागेका उनी अझै धनगढी पुगेका छैनन् । धनगढी पुगेर आफ्नो कार्यभार सम्हालेपछि मात्रै शपथ ग्रहण हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया