बुटवल, ७ माघ । प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरेका छन् । उनले रुपन्देशी व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् झाले पदभार ग्रहणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी दिएकोमा सरकारप्रति आभार प्रकट गरे पदभार ग्रहण लगतै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराउने छन् बाँकी रहेका प्रदेशसभा सदस्यहरूलाई पोखरेलले सपथ गराउने छन् । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा हुनेछ गत मंसिर १० र २१ गते सम्मपन्न निर्वाचनमा प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फ ३५ गरी जम्मा ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए सपथ ग्रहणपति प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग वाणिज्य संघको हलमा नै हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया