यस्तो छ एमाले-माओवादी एकता संयोजन समिति बैठकका निर्णय

काठमाडौँ, ७ माघ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्नेसमेत सहमति गरेको बताए एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा नेता गिरिराजमणि पोखरेल, भीमबहादुर रावल, वर्षमान पुन, विजय पौडेल, युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ रहेको सात सदस्यीय कार्यदल गठन गरिएको छ पार्टी एकताका लागि दुई दलको नेतृत्वको बीचमा अझ केही थप छलफल र गृहकार्य गरेर वैचारिक र सांगठनिक पक्षमा आवश्यक गृहकार्य गर्न पछि कार्यदल गठन गर्ने समेत सहमति भएको छ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले नेता सुवास नेम्वाङले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनलाई पार्टी एकता संयोजन समितिले अनुमोदन गर्ने निर्णय गरेको बताए त्यसैगरी दुई पार्टीबीचको जारी छलफललाई निष्कर्षमा पु¥याएर वैचारिक र सांगठनिक कार्यदल बनाउने निर्णयसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?