सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत खड्का एनआईसी एशिया बैंक जाने, यस्तो छ कारण

काठमाडौं – सेञ्चुरी कमर्शियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का एनआईसी एशिया बैंक जाने भएका छन् ।

२४ वर्षे बैकिङ अनुभव संगालेका उनी एनआईसी एशिया बैंकमा सहायक महाप्रवन्धक भएर जाने लागेकोले सेञ्चुरी बैंकसँगको यात्रा उनले टुंगाएका हुन् । एभरेष्ट बैंकमा २ दशक काम गरेर उनी २ वर्ष अगाडि सेञ्चुरी कमर्शियल बैंक गएका थिए ।

उनी माघ १ देखि एनआईसी एशिया बैंक जाने भएका हुन् ।

‘थप जिम्मेवारी सहित एनआईसी एशिया बैंक जान लागेको छु,’ खड्काले लोकपथसँग भने, तपाईले सुन्नुभएको साँचो हो म उत्साहित छु ।

एमपीए सम्मको अध्ययन गरेका खड्का पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन् । खड्का बैंकको ब्रान्डिङ, मार्केटिङ, पब्लिक रिलेसन (पिआर|) मा दक्ष छन् ।

सामाजिक सेवामा रुची राख्ने खड्काले आफ्ना पिता स्वर्गिय शेरबहादुर खड्काको संझनामा हरेक वर्ष राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता सफलतापूर्वक गरेर निकै ख्याति कमाएका छन् ।

एनआईसी एशिया  बैंकका मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन्। तस्वीर:  फेसबुकबाट 

यो पनि पढ्नुहोस् ।
पर्सनल र प्रोफेसनल जीवन कसरी सफल बनाउने  ? रञ्जन खड्काका टिप्सहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?