काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा बस्ने ३० वर्षकी एक महिला मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छिन् ।
उनको विवाह नेदरल्याण्डको आम्स्टर्डममा हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् । त्यही समयदेखि उनले विमानसँग प्रेममा परेर विवाह गर्ने योजना बनाएक िथिइन् ।
कोबकेलाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ । उनका अनुसार, यो उनको लामो दुरीको प्रेम हो । उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन् । जर्मन भाषमा सात्सको अर्थ मनपर्ने मान्छे भन्ने हुन्छ ।
विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । उनको विमान कालिगढ बन्ने सपना छ । विमानसँग आफूलाई टाढा राख्न डराउने उनले एक विमान खेलौना किनेकी छिन् । उनी खेलौनासँग नै सुत्छिन् र त्यसलाई सधैँ आफूसँग राख्छिन् ।
मिशेलका अनुसार, सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुशी थिइनन् । उनी भन्छिन्, ‘सात्स नै मेरो पहिलो प्रेम हो ।
अरु विमानभन्दा सात्स फरक पनि छ । सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन् । यात्राको क्रममा म उसलाई अझै बढी चिन्छु ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया