काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक पुर्ण रुपमा सकिएको छ । यसै क्रममा बैंकले दोस्रो त्रैमासिकसम्मको विभिन्न १६ बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । आर्थिक वर्षको यो अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । बैंकको यस अवधिमा गरिएको मूल्यांकनको आधारमा नै बाँकी वर्ष कस्तो रहने भन्ने कुराको आंकलन गर्न सकिन्छ । साथै यस अवधिमा आर्थिक अवस्था राम्रो हुन नसकेका बैंक तथा वित्तीय संस्थाहरुले समेत बाँकी अवधिमा सुधारको बाटो जान सक्नेछन् । ती बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेका सम्पूर्ण वित्तीय विवरणलाई तल प्रस्तुत गरिएको छ ।
एन आई सी एशिया बैंक लिमिटेड
एन आई सी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासकोअपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसुचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकले चालू आ व को यस अवधिमा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
यसैगरी खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत ( ५० करोड) को वृद्धि सहित २ अर्ब १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकका अनुसार गत वर्षको सोहीअवधीको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।
यसका साथै चालू आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि गरी १६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १८६ अर्ब पुर्याउन सफल भएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा लगानी गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रुपले पालना गरेको बैंकले जनाएको छ ।
विविधिकरणकै रणनीति अनुसार बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जसलाई बैंकिङ्ग क्षेत्रको उत्कृष्टमानिने बैंकले जनाएको छ ।एन आइ सी एशिया निक्षेपतर्फ पनि विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कुल निक्षेप हाल कुल निक्षेपको ९ दशमलव ४ प्रतिशत रहेको छ, जून अनुपातलाइ बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक मानिने गरिएको छ ।
बैंकका अनुसार चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ ।निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ,जसलाई बैंकिङ्गक्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप (CASA) हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जसबाट ४१।६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५ दशमलव १ प्रतिशत पु-याउन सफल भएको बैंकले जनाएको छ । त्यस्तै बैंकका अनुसार प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ८० करोड ३० लाख रुपैयाँ बराबर खुद नाफा कमाएको छ । बैंकले गत आवको तुलनामा १८ दशमलव ७५ प्रतिशत नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिमा बैंकले ६७ करोड ६२ लाख कमाएको थियो ।
साथै यो आवको पुस मसान्तसम्ममा वितरणयोग्य नाफा भने ६५ लाख ८५ हजार रहेको छ । त्यस्तै हाल बैंकको चूक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रहेको छ ।
यस वर्ष जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख कायम भएको छ । त्यस्तै अघिल्लो वर्षको यहि अवधिमा भने बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड ५० लाख रुपैया रहेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ७ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार यस अवधिमा निक्रिय कर्जा १ दशमलव शुन्य ४ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १६ दशमलव ६७ रहेको बैंकको तथ्यांकले देखाएको छ ।
साथै बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रहेको छ । जून गत वर्षको तुलनामा १० प्रतिशतले बढि हो । भने कर्जा प्रवाह ८२ अर्ब ९२ करोड ५२ लाख भएको बैंकले जनाएको छ । जून अघिल्लो आवको यहि अवधिको तुलनामा १० दशमलव ८२ प्रतिशतले बढि हो ।
नेपाल बंगलादेश बैंक
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आवको यस अवधिमा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले अर्काे आवको तुलनामा करिव १ करोड ४४ लाख नाफामा बृद्धि गरेको छ । अघिल्लो आवको यहि अवधिमा बैंकको खुद नाफा ७९ करोड ३३ लाख रहेको थियो ।
साथै यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ रहेको छ । भने खुद व्याज आम्दानी २ दशमलव ९५ प्रतिशतले घटेको छ , भने सञ्चालन नाफा ७ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ ।
साथै बैंकको यस अवधिमा निक्षेप संकलन तथा कर्जा लगानी समेत बृद्धि भएको देखिएको छ । अघिल्लो आवको यहि अवधिको तुलनामा निक्षेप संकलन २० दशमलव ३० प्रतिशतले बृद्धि भएको छ भने कर्जा लगानी १२ दशमलव ७० प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ । भने हाल बैंकको रिजर्भ कोषमा भने ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । साथै यस अवधिमा बैंकको खराज कर्जा भने केही मात्रामा बृद्धि भएको बैंकले देखाएको छ ।
बैंकका अनुसार हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । भने यस अवधिमा बैंकले अघिल्लो वर्षबाट ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । त्यस्तै बोनसपछि भने यसको पूँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार पुर्याउन सफल भएको छ । उक्त तथ्यांकलाई वित्तीय विवरणमा पुँजीकरण गरिएको छैन् ।
कृषि विकास बैंक
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कृषि विकास बैंकले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पुस मसान्तसम्मको अवधिमा खुद नाफा १ अर्ब ५८ करोड १७ लाख आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको यहि अवधिको खुद नाफा १ अर्ब २८ करोड ८० लाख कमाएको थियो । तथ्यांक अनुसार बैंकले यो २९ करोड ३६ लाख रुपैयाँ बढि नाफा कमाएको हो । अर्थात बैंकले समिक्षा अवधिमा २२ दशमलव ८० प्रतिशतले नाफा बृद्धि गरेको हो ।
बैंकले यस अवधिमा १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेको छ । भने बैंकले १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको तथ्यांकले देखाएको छ ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड रहेको छ । जगेडा बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रहेको छ भने शेयरधनी कोषमा भने ४ अर्ब ४६ करोड २८ लाख रहेको बैंकले जनाएको छ । साथै चालू आवको समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
चालू आवको पुस मसान्त सम्मको अवधिमा बैंकको निष्क्रिय कर्जा ३ दशमलव ९१ प्रतिशतमा झरेको छ, त्यस्तै गत आवको यहि अवधिमा बैंकको निष्क्रिय कर्जा रहेको थियो । भने यस हाल बैंकको अन्य सञ्चालन आम्दानी १४ करोड ८७ लाख रुपैयाँले बृद्धि भइ १८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको यस अवधिमा ९४ करोड नाफा कमाएको छ । भने अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ७९ करोड २७ लाख नाफा कमाएको थियो । यसलाई मूल्यांकन गरेर हेर्ने हो भने बैंकले यस अवधिमा आफ्नो नाफा १९ दशमलव १२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
बैंकका अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा साथै प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ ।
गत आर्थिक वर्षको तुलनामा बैंकको यस वर्ष प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा रहेको थियो । भने यस वर्षको दोस्रो त्रैमासिकसम्ममा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा कायम भएको बैंकले जनाएको छ । साथै यसलाई मूल्यांकन गर्दा मूल्य आम्दानी अनुपात १९ दशमलव २१ प्रतिशतले बृद्धि भएको छ । भने प्रतिशेयर नेटवर्थ भने १ सय ४२ रुपैयाँ २६ पैसा कायम भएको छ ।
हालसम्म बैंकको कुल चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको छ । त्यस्तै जगेडा कोषमा २ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको छ भने शेयरधनि कोषमा ८५ करोड ८८ लाख रहेको बैंकले जनाएको छ ।
बैंकले आवको यस अवधिसम्ममा कुल ८२ अर्ब १५ करोड निक्षेप संकलन गर्न सफल भएको छ । भने कर्जा प्रवाह ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । जसबाट बैंकको खुद नाफा आम्दानी भने २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ संकलन गर्न सफल रहेको बैंकको तथ्यांकले देखाएको छ । यो भने गत आवको तुलनामा ३२ करोड ६० लाख रुपैयाँले बढि रकम हो । हरेक बैंक तथा वित्तीय संस्थाको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । जसमा बैंकले कमाएको नाफाको आधारमा नै बाँकी समय के हुन्छ भन्ने कुराको आँकलन गर्न सकिन्छ ।
यस अवधिमा अन्य सूचकमा समेत सुधार आएकाले बैंकको सञ्चालन मुनाफा २० कराेड ९२ लाख रुपैयाँ बृद्धि भएको छ । जसको कारण सञ्चालन मूनाफा बृद्धि भइ १ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको बैंकको तथ्यांकमा उल्लेख रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको पुस मसान्तसम्मको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।
माछापुछ्रे बैंक लिमिटेड
माछापुछ्रे बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ६ महिनाको अवधिमा ८२ करोड नाफा कमाउन सफल भएकाृ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिमा बैंकले ७२ करोड मात्र नाफा कमाएको थियो ।
आवको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । त्यस्तै बैंकको सिडी अनुपात ७८ दशमलव २७ प्रतिशत कायम गरेको छ । जसमा यस अवधिमा बैंकले ९७ अर्ब निक्षेप संकलन गर्दा ८७ अर्ब कर्जा लगानी गरेको छ । भने यस समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ९८ करोड रुपैयाँ पुर्याउन सफल भएको जनाएको छ । हाल बैंकको कुल चूक्ता पूँजी ८ अर्ब ४५ करोड रहेको छ । भने जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
साथै बैंकको पुस मसान्तसम्ममा कुल वितरणयोग्य नाफा भने ६० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । हाल बैंकको स्प्रेडदर भने ५ दशमलव २५ प्रतिशत रहेको छ । त्यस्तै बैंकको कस्ट अफ फण्ड ७ दशमलव ६४ प्रतिशत रहेको छ । भने आधारदर १० दशमलव २६ प्रतिशत रहेको छ ।
प्राइम कमर्शियल बैंक
प्राइम कमर्शियल बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको यस अवधिमा करिव १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ बराबर कर्जा तथा लगानी गर्न सफल भएको छ । त्यस्तै गत आर्थिक वर्षमा भने बैंकको यस्तो कर्जा तथा लगानी ७२ अर्ब ४५ करोड ५४ लाख रहेको तथ्यांकले देखाएको छ । साथै हाल प्रकाशित भएको उक्त विवरण अपरिकृत वित्तीय विवरण रहेको बैंकले जनाएको छ ।
बैंकले एक वर्षको अवधिमा करिब ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा लगानी बढाएको छ । जसअनुसार हाल कुल निक्षेप रकम ३ अर्ब ३१ करोड रुपैयाँले बढाएको छ । त्यस्तै यस अवधिमा सर्वसाधारणको ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै गत आवको यस अवधिमा भने यस्तो निक्षेप ७७ अर्ब ४ करोड रहेको छ ।
हरेक बैंक तथा वित्तीय संस्थाको लागि यस अवधिलाइ समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । साथै यस अवधिमा खराव कर्जा अनुपात समेत घटेको छ । जस अनुसार १ दशमलव ५८ प्रतिशतले कमि भइ १ दशमलव ४५ प्रतिशतमा आएको छ । भने कस्ट अफ फण्ड ८ दशमलव २९ प्रतिशतबाट घटेर ७ दशमलव ६५ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको व्याज अन्तरपनि ५ दशमलव ११ प्रतिशत रहेको छ भने अघिल्लो आवको यहि अवधिमा ५ दशमलव १८ प्रतिशत रहेको थियो ।
भने यस वर्ष आधारदर पनि कमि भएको छ । जस अनुसार पुस मसान्तसम्मा १० दशमलव १७ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तसम्ममा ९ दशमलव ४५ प्रतिशतले झरेको छ ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको उक्त अवधीमा २५ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । भने चालू आवको दोस्रो त्रैमासमा बैैंकको नाफा ९० करोड ३० लाख कमाएको छ । जस अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४ दशमलव ७६ प्रतिशतले बढाउन सफल भएको छ ।
हाल बैंकको चूक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको छ । बैंकको खुद नाफा बृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बृद्धि भएको बैंकले जनाएको छ । त्यसै अनुसार बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
बैंकका अनुसार चालू आवको यस अवधीमा प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९० पैसा रहेको छ। भने मूल्य आम्दानी अनुपात ११ दशमलव ११ प्रतिशत रहेको छ । त्यस्तै वितरणयोग्य नाफा ५९ करोड १८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकको अनुसार हाल जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ रहेको छ । साथै शेयरधनि कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको तथ्यांकमा उल्लेख रहेको छ ।
बैंकको यस अवधिमा निष्क्रिय कर्जा १ दशमलव ११ प्रतिशतबाट घटेर ० दशमलव ८८ मा सिमीत भएको छ । त्यस्तै चालू आवको दोस्रो अवधिसम्म आइपुग्दा बैंकको कष्ट अफ फण्ड ७ दशमलव २१ प्रतिशत, आधारदर १० दशमलव ९ प्रतिशत साथै स्प्रेडदर ४ दशमलव २३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६र७७ को पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड नाफा कमाएको तथ्यांकले देखाएको छ । तर अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा भने बैंकले नाफा घटाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तथ्यांक अनुसार बैंकले सो अवधिमा कर्जा विस्तारको हिसावमा भने सामान्य सुधार देखिएको छ । बैंकको कष्ट अफ फण्ड १ दशमलव ६१ प्रतिशत विन्दुले बढेको छ । साथै निष्क्रिय कर्जा २ दशमलव ७४ प्रतिशतबाट घटेर २ दशमलव ६६ प्रतिशतमा सिमित रहेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रहेको छ । भने जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको छ । भने शेयरधनी कोषमा २ अर्ब ५९ लाख ८२ हजार रुपैयाँ तथा शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकले यस अवधिमा सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकको वितरणयोग्य नाफा ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ । साथै प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १० दशमलव ५ गुणा रहेको छ । त्यस्तै १५ प्रतिशत बोनस शेयर पूँजीकरण पश्चात प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९७ पैसा कायम हुने बैंकले जनाएको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब १४ करोड नाफा कमाउन सफल भएको छ । आघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १६ प्रतिशत नाफा बृद्धि गरेको छ । बैंकको अघिल्लो आवको यो अवधिमा कुल नाफा ९८ करोड रहेको थियो ।
चालु आवको यस अवधिसम्ममा बैंकको निक्षेप १ खर्ब पुर्याएको जनाएको छ । बैंकले पुस मसान्त सम्ममा कुल ८८ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ । भने असार मसान्तमा बैंकले कुल ८१ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जस अनुसार यो आर्थिक वर्षमा सानिमा बैंकको वित्तीय परिसुचकमा सुधार भएको पाइएको छ ।
आवको यस अवधिसम्ममा बैंकको सेयरधनिको लागि वितरणयोग्य नाफा ९५ करोड संकलन गरेको छ । भने बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रहेको छ । त्यस्तै रिजर्बमा २ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकले ६ महिनामा ब्याज आम्दानी मार्फत २ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको पुस मसान्तमा ब्याज आम्दानी मार्फत १ अर्ब ९० करोड कमाएको थियो ।
हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाउन सकेको थियो । जसलाइ हेर्दा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ करोड ५३ लाख अर्थात २७ दशमलव ४५ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ ।
बैंकले ६ महिनामा गरेको उक्त नाफाबाट शेयरधनिलाई करिव ९२ करोड ९२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । भने बैंकले यस समिक्षा अवधिमा कुल २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद व्याज कमाउन सफल भएको छ । गत वर्षको तुलनामा खुद व्याज आम्दानी समेत बृद्धि गरेको छ । अघिल्लो आवको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
हाल बैंकको यस अवधिसम्ममा निष्क्रिय कर्जा भने बृद्धि भएको छ । हाल बैंकको निष्क्रिय कर्जा १ दशमलव २८ प्रतिशत रहेको छ । भने गत आवमा त्यस्तो कर्जा १ दशमलव २५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
हाल बैंकको सञ्चिती कोषमा ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ । भने बैंकको स्प्रेडदर ५ दशमलव ३२ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर बृद्धि भएको कारण पनि नाफा कमाउन सफल भएको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा ९ दशमलव ९३ प्रतिशतले बृद्धि गरेको छ । बैंकले अघिल्लो आवको यहि अवधिमा ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हाल बैंकको कुल चुक्तापूँजी ४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ रहेको छ । भने बैंकको जगेडा कोषमा ७९ करोड ९८ लाख रहेको बैंकले जनाएको छ । त्यस्तै शेयरधनिकोषमा ३६ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
बैंकका अनुसार आवको पुस मसान्तसम्ममा वितरणयोग्य नाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ । भने शेयर प्रिमियममा ६ करोड ६० लाख रुपैयाँ रहेको छ ।
साथै बैंकले आवको यस समिक्षा अवधिसम्ममा आइपुग्दा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । भने करिव ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको बैंकले जनाएको छ । साथै बैंकले यस अवधिमा १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खुद व्याज कमाएको छ । यो गत आवको तुलनामा करिव १७ ककरोड १६ लाख हुन आउने तथ्यांकले देखाएको छ । हाल बैंकको सञ्चालन मुनाफा ६७ करोड ४९ लाख रुपैयाँ रहेको छ । यो गत आवको यहि अवधिको तुलनामा ५ करोड ३८ लाख रुपैयाँले बढि हुन आउँछ ।
बैंकको यस अवधिसम्ममा निष्क्रिय कर्जा बृद्धि भएको छ । हाल बैंकको निष्किृय कर्जा ० दशमलव ११ प्रतिशत रहेको छ , भने गत आवको यहि अवधिमा त्यस्तो कर्जा ० दशमलव ०५ प्रतिशत रहेको थियो । हाल बैंकको स्प्रेडदर ५ दशमलव ६६ प्रतिशत, आधारदर ११ दशमलव १८ प्रतिशत तथा कोषको लागत भने ८ दशमलव ६१ प्रतिशत रहेको बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा विभिन्न बैंक तथा वित्तीय संस्थाले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसक्रममा महालक्ष्मी विकास बैंकले आवको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आवको दोस्रो त्रैमासिकसम्म ३० करोड ५० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको यहि अवधिमा करिव १९ करोड ९० लाख ३४ हजार नाफा आर्जन गरेको थियो । बैंकको तथ्यांक हेर्दा गत आवको तुलनामा नाफामा ५४ दशमलव ३६ प्रतिशतले बृद्धि गरेको छ ।
हाल बैंकको चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार रहेको छ । भने जगेडा कोषमा १ अर्ब ४० करोड ८१ लाख ५७ हजार रहेको छ । भने बैंकको संचित कोषमा भने २१ करोड २६ लाख १९ हजार रहेको बैंकको तथ्यांकले देखाएको छ ।
बैंकले आवको पुस मसान्तसम्ममा ३५ अर्ब ७ करोड २७ लाख निक्षेप संकलन गरेको छ । भने गत आवको यहि अवधिमा बैंकले ३० अर्ब ५९ करोड ११ लाख निक्षेप संकलन गरेको थियो । भने बैंकले पुस मसान्तसम्ममा २९ अर्ब १८ करोड ६६ लाख कर्जा लगानी गरेको जनाएको छ ।
गत आवको तुलनामा बैंकको खराव कर्जाको अवस्थामा सुधार देखिएको छ । गत आवको यस अवधिमा बैंकको खराव कर्जाको अनुपात ४ दशमलव ४१ प्रतिशत रहेको थियो भने पुस मसान्तसम्ममा त्यस्तो दर घटेर २ दशमलव ७६ प्रतिशत कायम भएको छ ।
बैंकले पुस मसान्तसम्ममा ८० करोड खुद व्याज आम्दानी गर्न सफल भएको छ । गत आवको यहि अवधिमा बैंकको यस्तो आम्दानी ५२ करोड ५८ लाख मात्र व्याज आम्दानी गरेको थियो । हाल बैंकको सञ्चालन मुनाफा ८६ करोड ७९ लाख रहेको छ । भने यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४२ करोड ७१ लाख रहेको तथ्यांकले देखाएको छ ।
हाल बैंकको सिसिडि रेसियो ७४ दशमलव ७९ प्रतिशत, स्प्रेड रेट ५ दशमलव ३३ प्रतिशत, आधार व्याजदर ११ दशमलव २३ प्रतिशत तथा पुँजीकोष अनुपात १२ दशमलव ५४ प्रतिशत रहेको बैंकले जनाएको छ । साथै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा तथा प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ९ दशमलव ७७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
पुस मसान्तसम्ममा बैंकको खुद व्याज आम्दानी भने २७ दशमलव ८४ प्रतिशतले बृद्धि भएको छ ।
प्रभु बैंक लिमिटेड
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । जुन अघिल्लो आवको यहि अवधिको तुलनामा ४ दशमलव २१ प्रतिशतले बृद्धि भएको हो । बैंकका अनुसार बैंकको पहिलो त्रैमासिकको तुलनामा मात्रै नाफा ४५ करोड ७३ लाख रुपैयाँले बृद्धि गरेको छ ।
बैंकको यस अवधिमा व्याज खर्च तथा व्याज आम्दानी बराबरीको हाराहारीमा रहेको छ । बैंकको यस अवधिमा खुद व्याज आम्दानी १४ प्रतिशतले बृद्धि भइ २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । भने व्याज खर्च १५ प्रतिशतले बृद्धि भइरहेको छ ।
त्यस्तै बैंकको एक वर्षको अवधिमा निक्षेप १० अर्ब बढाएको छ । जसका कारण बैंकको निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । भने बैंकले कर्जा प्रवाह ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ । जसमा बैंकले ८ अर्ब ५८ करोड रुपैयाँले बृद्धि गरेको हो ।
साथै हाल बैंकको खराज कर्जाको अनुपात २ दशमलव ४७ प्रतिशतबाट बढाएर ३ दशमलव १२ प्रतिशतमा पुर्याउन सफल भएको छ । भने बैंकको स्प्रेडदर यस अवधिमा सामान्य रुपमा घटेको छ । जस अन्तर्गत बैंकको स्प्रेडदर ४ दशमलव ८७ रहेको थियो भने हाल सामान्य रुपमा कमि भइ ४ दशमलव ८३ प्रतिशतमा झरेको बैंकले जनाएको छ । भने बैंकको आधारदर ९ दशमलव ७३ प्रतिशतबाट ९ दशमलव ४५ प्रतिशतमा पुगेको बैंकले जनाएको छ ।
नेपाल पुर्वाधार विकास बैंक
नेपाल पुर्वाधार विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ४० करोड ३३ लाख ८३ हजार खुद नाफा कमाएको छ । बैंकले यस अवधिमा ५८ करोड २६ लाख ९४ हजार कर्जा लगानी गरि ४० करोड भन्दा बढि मुनाफा कमाएको बैंकले जनाएको छ ।
चालू आवको पुस मसान्तसम्ममा २५ करोड निक्षेप संकलन गरेको छ । त्यस्तै १२ अर्ब रुपैयाँ हाल बैंकको चुक्ता पूँजी रहेको छ । भने बैंकको तथ्यांक अनुसार जगेडा कोषमा भने १ अर्ब २९ करोड ८० लाख २९ हजार रहेको छ । पुर्वाधार विकास गर्ने उदेश्यले स्थापित उक्त बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा ११ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप तथा गरेको कर्जा लगानीबाट ६२ करोड ८३ लाख ८९ हजार आम्दानी गरेको छ । भने खुद व्याज आम्दानी भने ६१ करोड ७१ लाख ३४ हजार रहेको बैंकले जनाएको छ ।
विभिन्न पुर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापित भएपनि बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर नाफा आर्जन गरेको देखिन्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । तर गत आवको तुलनामा १५ दशमलव ७३ प्रतिशतले नाफा घटेको छ । बैंकले गत आवको यहि अवधिमा १ अर्ब ९७ करोड ५५ लाख नाफा आर्जन गरेको थियो । जस अनुसार बैंकको नाफा ३१ करोडले कमि हो ।
बैंकले यस अवधिमा करिव १ खर्ब ४९ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ । भने १ अर्ब ३२ करोड कर्जा लगानी गरेको बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै पुस मसान्तसम्मको तथ्यांकलाई मूल्यांकन गर्दा बैंकको वितरणयोग्य नाफा भने८४ करोड पुर्याएको छ । त्यस्तै बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । साथै बैंकको यस अवधिमा व्याज आम्दानी पनि ओरालो लागेको देखिन्छ ।
हाल बैंकको चूक्ता पूँजी १४ अर्ब २२ करोड रहेको छ । भने जगेडा कोषमा १० अर्ब १० करोड रुपैयाँ रहेको छ । हाल बैंकको खराब कर्जा २ दशमलव ९० प्रतिशत रहेको बैंकले जनाएको छ । भने आधार व्याजदर ८ दशमलव ५३ प्रतिशत रहेको छ । त्यस्तै स्प्रेडदर ४ दशमलव ४१ प्रतिशत प्रतिशत कायम हुँदा कस्ट अफ फण्ड ६ दशमलव ३७ प्रतिशत रहेको छ ।
बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ४३ प्रतिशत रहेको छ । भने शेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ३ पैसा रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया