शेयर बजार १३ दिनको लागि बन्द

काठमाडौं । नेपालको एक मात्र धितो पत्रहरुको दोश्रो बजार नेपाल स्टक एक्स्चेंजको कारोबार १३ दिनको लागि बन्द हुने भएको छ । सेयर बजार अत्यावश्यक सूचीमा नपर्ने हुनाले बन्द गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

लगानीकर्ताहरूले केही दिन पूँजी बजार बन्द गर्ने माग गरेपनि नेप्से र धितोपत्र बोर्डले निर्णय गर्न सकेको थिएन। तर प्रधानमन्त्रीको सम्बाधन आएपछि बजार बन्द हुने भएको छ । पछिल्लो समय लगातार घट्दै आएको शेयर बजारमा चैत ५ गते बिहीबार सामान्य सुधार देखिएको थियो यस दिन शेयर बजार मापक नेप्से सूचक १३.५० अंकले बढेर १२६९.३० विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक २.०३ अंकले बढेको थियो ।

१७३ वटा कम्पनीको ५१ लख ६ हजार कित्ता शेयर १ अर्ब ९० करोड रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन १ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ७२ करोड रुपैयाँले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?