धनगढी, माघ २०–राष्ट्रिय विद्यालय स्तरीय लिटील फ्लावर प्रमियर लिग क्रिकेटको दोश्रो संस्करण धनगढीमा आगामी फागुन १८ गतेदेखि हुने भएको छ आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिएको हो देशभरीबाट १२ टिमले सहभागीता जनाउने प्रतियोगीतामा १ लाख ५ हजार बढिको पुरुष्कार प्रदान गरीने प्रतियोगीताका संयोजक कलेन्द्र शाहीले बताए प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार गद सहित टङफी र प्रमाणपत्र प्रदान गरीने छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताए प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका टिमहरुको पनि सहभागीता रहने उहाँले बताए टिमहरुले ५ जना खेलाडी विद्यालय बाहीरका १९ बर्ष मुनीका खेलाडी पनि छान्न पाउने छन् । यस्तै प्रतियोगीताका लागी प्रयोजक पनि खोजी भईरहेको छ । मुख्य प्रायोजक काठमाडौको निष्ट कलेज रहेको छ भने गुरुकुल एकेडेमी र नेगी ट्रेड एण्ड सप्लायर्स पनि प्रयोजकमा रहेका छन् धनगढीले क्रिकेटमा राष्ट्रीय पहिचान बनाईरहेका बेला विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा जोड दिन प्रतियोगीता आयोजना गर्न लागीएको प्रतियोगीताका निर्देशक शाहीले बताए खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन गरीनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया