नयाँ वर्षमा एनसेलले ल्यायो यस्तो अफर, डेटा र एसएमएस लोनमा पाइने

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँवर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ जस अन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले विश्वनै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नववर्षको शुभकामना आदानप्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना‘न्यु इयर अफर ल्याएको हो ।

डेटा र एसएमएस सेवा प्याकका रुपमालिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्यब्यालेन्स रहेको अवस्थामापनि यो प्याकलोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदालिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागिमान्य रहन्छ ।

आफ्नो आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमालिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र  १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागिमान्य रहनेछ ।

ग्राहकले *९९८८*७७# डायल गरी आफ्नो आवश्यकताअनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याकलोनमा सुचारु गर्न सक्छन् ।

विगतदुई महिना देखि एनसेलको सिमप्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यी प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेनब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क काटिने छ । यस बाहेक अन्यशुल्क लाग्ने छैन ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमाजति पटक पनि यो सेवालिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकम चुक्ता गरेको हुनु पर्दछ ।

कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायमगर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

  • पहिला सेवाप्रयोग गरी शुल्क पछि तिर्न मिल्ने
  •  डेटा र एसएमएस प्याकमात्र  २० मा
  • २५० एसएमएस प्याकमात्र १० मा
  • अतिरिक्त सेवा शुल्क नलाग्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?