त्रिशूली(नुवाकोट), २५ माघ – अदालतको फैसलापछि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी जरिवाना भुक्तानका लागि नुवाकोट जिल्ला अदालतमा पेश गरेको छ । फरार प्रतिवादी तथा अपराधीलाई पक्राउ गरी जरिवाना तथा कैद भुक्तान गराउन सक्रिय प्रहरीले एकै दिन चार जनालाई पक्राउ गरी अदालतमा पेश गरेको हो । विभिन्न मितिमा साविक रालुकादेवी गाविस – ८ बस्ने गोपी परियार र पातली तामाङलाई केही सार्वजनिक अपराध मुद्दामा तथा विदुर नगरपालिका – ४ का मनकुमारी विश्वकर्मा र वीरबहादुर तामाङलाई गाली बेइज्जती मुद्दामा जरिवाना नतिरी फरार भएपछि प्रहरीले पक्राउ गरी बुधबार अदालतमा बुझाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया