काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्वभर यो समाचार तयार पार्दासम्म २५ लाख ३० हजार ९ सय १९ जना कोरोना संक्रमणको शिकार भएका छन् । भने १ लाख ७४ हजार ८ सय ३९ जनाको कोरोनाको कारण ज्यान गइसकेको र ६ लाख ६७ हजार ६ सय २७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । त्यस्तै कोरोना संक्रमित मध्ये ७ प्रतिशत अर्थात ५७ हजार ६ सय २ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
कोरोनाको कारण रसियामा हालसम्म ४ सय ५६ जना मानिस कोरोनाको कारण ज्यान गुमाएका छन् । भने ५२ हजार ७ सय ६३ जना कोरोनामा कोरोना संक्रमण देखिएको छ । आज मात्रै रसियामा ५१ जनाको मृत्यु भएको र आजै मात्र ५ हजार ६ सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै कोरोना भाइरसको कारण ब्राजिलमा यो समाचार तयार पार्दासम्म २ हजार ५ सय ८८ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र त्यहाँ १ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको र आजै मात्र ७१ जना कोरोनाका नयाँ संक्रमति थपिएका छन् । भने कुल ४० हजार ८ सय १४ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्काे मुलुक क्यानडामा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ३८ हजार २ सय ५ जनामा कोरोना संक्रमण रहेको तथ्यांकले देखाएको छ । भने १ हजार ८ सय ३१ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया