कहाँबाट आएका थिए बुधवार कोरोना जितेर घर फर्किनेहरु ?

काठमाडौं । बुधवार एकैपटक नेपालमा ३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालका कुल संक्रमितको संख्या ४५ पुगेको छ । भने ७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । घर फर्किनेमा धादिङ र कैलालीका २ पुरुष हुन् ।

बुधवार कोरोना निको भएर घर फर्किएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन्। उनी गत चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानबाट नेपाल आएका थिए ।

कोरोना संक्रमणको आशंका गरिएको पीसीआर परीक्षणका क्रममा गत चैत १२ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा पछिल्ला रिपोर्टहरु नेगेटिभ आएपछि उनी बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै बुधवार नै कोरोनासँगको लडाईमा विजय भएका अर्का पुरुष हुन् कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुरका एक युवक । उनी पनि भारतबाट आएका हुन् । गत चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएपछि २२ गते उनलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो । उनको अवस्था सामान्य हुँदै गएको तथा तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालले बुधबार डिस्चार्ज गरेको जनाएको छ ।

त्यस्तै उनीसँगै कैलालीका अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको थियो । तीमध्ये एकजना युवा यसअघि नै निको भइ घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?