काठमाडौं । समाजवादी पार्टी र राजपा नेपाबीच एकता गर्ने सहमति भएको छ । दुई दलबीच बुधबार राति सम्पन्न बैठकबाट एकता गर्ने समझदारी भएको हो ।
पार्टी एकता समानताको आधारमा गर्ने, एकीकृत पार्टीको नाम जनता समाजवदी पार्टी नेपाल राख्ने, पार्टीको झण्डा आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने, चुनाव चिन्ह राजपा नेपालको प्रयोग गर्ने सहमति भएको छ ।
समझदारी पत्रमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन् ।
राजपामा रहेको ६ जनाको अध्यक्षमण्डलमध्ये दुई जना सहमतिको बैठकमा सहभागी भएनन् अनिल झा र राजकिशोर यादव सहभागी नभएका हुन् । उनीहरु एकताको विषयमा असहमत रहेको राजपा स्रोतलेबताएका छन् । यसबारे प्रतिक्रिया लिन दुबै नेतालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया