कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १० पुगेको छ । बिहीवार कैलालीस्थित सेती अञ्चल अस्पतालबाट ६५ वर्षीया कोरोना संक्रमित महिला स्वास्थ्य लाभ गरी घर फर्किएपछि नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्या १० पुगेको हो ।

सेती अञ्चल अस्पतालमा अब एकजना संक्रमितको मात्र उपचार भैरहेको छ । यसअघि ९ जना निको भएर फर्किसकेका छन् ।

आजैमात्र नेपालमा अरु २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका दुइ जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला हुन् ।

उनीहरु आमा छोरा रहेको जनाइएको छ । गत चैत ५ गते उनीहरु लण्डनबाट फर्किएका थिए । भने उनीहरुमा गत बैशाख १ गते कोरोना संक्रमण पुष्टि भई पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका थिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

हालसम्म मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ । भने नेपालमा कुल २७८ जना रेड जोनमा रहेका छन् । भने कोरोना संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?