काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ८६ हजार ३२४ जनाको ज्यान गएको छ भने २६ लाख ६८ हजार ९३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख ३१ हजार १२ जना उपचार पछि निको भएका छन् । त्यस्तै विश्वमा ५८ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म ४७ हजार ७९८ जनाको ज्यान गएको छ भने ८ लाख ५१ हजार १९५ जनालाई संक्रमण भएको छ ।
आज मात्रै त्यहाँ १३९ जनाको ज्यान गएको छ भने २ हजार ४७८ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण २२ हजार १५७ जनाको ज्यान गएको छ भने २ लाख १३ हजार २४ जनालाई संक्रमण भएको छ ।
आज मात्रै त्यहाँ ४४० जनाको ज्यान गएको छ भने आज नै ४ हजार ६३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा अहिलेसम्म २५ हजार ८५ जनाको ज्यान गएको छ भने १ लाख ८७ हजार ३२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा अहिले सम्म महामारीबाट २१ हजार ३४० जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८७७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसका कारण ५ हजार ३५४ जनाको ज्यान गएको छ भने १ लाख ५१ हजार १७५ जनालाई संक्रमण भएको छ त्यहाँ आज मात्रै ३९ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ५२७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण १८ हजार ७३८ जनाको ज्यान गएको छ भने १ लाख ३८ हजार ७८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ४ हजार ५८३ नयाँ संक्रमित थपिएका छन् भने आज नै बेलायतमा थप ६३८ जनाको ज्यान गएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीबाट २ हजार ३७८ जनाको ज्यान गएको छ भने ९८ हजार ६७४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ईरानमा आज थप ९० जनाको ज्यान गएको छ भने आजै १ हजार ३० जना नयाँ संक्रमित थपिएका छन् । ईरानमा ८७ हजार २६ जनालाई संक्रमण भएको छ भने अहिलेसम्म ५ हजार ४८१ जनाको ज्यान गईसकेको छ ।
त्यस्तै चीनमा आज थप १० जनालाई कोरोनाको संक्रमण भएसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ७९८ पुगेको छ । त्यहाँ ४ हजा ६३२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै रुसमा आज मात्रै ४२ जाको ज्यान गएको छ भने आज नै त्यहाँ ४ हजार ७७४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै त्यहाँ अहिलेसम्म ५५५ जनाले ज्यान गुमाएका छन् भने ६२ हजार ७७३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसका कारण अहिलेसम्म ६ हजार ४९० जनाको ज्यान गएको छ भने ४२ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २२८ जनाले ज्यान गुमाएका छन् भने आज नै ९०८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा १ हजार ९७४ जनाको ज्यान गएको छ भने ४० हजार १९० जनालाई संक्रमण भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १७७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७२९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ ८८७ जना नयाँ संक्रमित थपिएका छन् भने १२३ जनाले आज नै ज्यान गुमाएका छन् । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसका कारण १ हजार ५३८ जनाले ज्यान गुमाएका छन् भने २८ हजार ४९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २९ जनाको ज्यान गएको छ भने २२८ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्वडेनमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म २ हजार २१ जनाको ज्यान गएको छ भने १६ हजार ६७१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मौ ८४ जनाको ज्यान गएको छ भने आजै ७५१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ९७० जनाको ज्यान गएको छ भने १० हजार ७०२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ११३ जनाको ज्यान गएको छ भने १ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण ६८६ जनाको ज्यान गएको छ भने २१ हजार ७९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै त्यहाँ ५ जनाको ज्यान गएको छ भने ४२७ नयाँ संक्रमित थपिएका छन् । विश्वमा आज यो समाचार तयार पार्दासम्म २ हजार २५८ जनाको ज्यान गएको छ भने ३३ हजार २१९ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया