काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित स्वास्थ्य लाभ गरि घर फर्किएका छन् । संक्रमित मध्ये रौतहटका १ पुरुष १२ दिन उपचार गरि घर फर्किएका हुन् भने अन्य ३ जना १५ औँ दिन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको पीसीआर परीक्षणको चौथो रिपोर्ट शनिवार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गर्ने बताएको थियो ।
घर फर्किएका चार मध्ये ३ भारतीय र १ नेपाली रहेका छन् । उनीहरु वीरगञ्जस्थित छपकैयाको मक्की जामे मस्जिदमा बसेका थिए ।
यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणको उपचार गरि १६ जना घर फर्किएका छन् । भने हालसम्म ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रानलयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनका अनुसार योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।
हाल धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया