काठमाडौं । कोरोना उपचारका लागि सरकार चीनबाट ल्याएका विभिन्न स्वास्थ्य सामाग्री गुणस्तरहीन देखिएपछि सांसदहको संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।
त्यस्तै उक्त समितिले स्वास्थ्य सेवा विभागमार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीको सम्पूर्ण कागजपत्र सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले प्रतिस्पर्धाबिनै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गरेको सम्पूर्ण कागजात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ । यद्यपि सरकारले ओम्नीसँग गरेको सम्झौता भने रद्द गरिसकेको छ ।
खरिद सम्झौता रद्द गरिए पनि त्यसमा अनियमितता रहेको भन्दै सार्वजनिक रूपमा आएपछि अध्ययन गर्न कागजपत्र मागेको लेखा समिति सभापति भरत शाहले बताए । उनले हाललाई खरिद प्रक्रियाको कागजपत्र ७ दिनभित्र पेस गर्न भनिएको र त्यसपछि समितिले छलफल थाल्ने बताए ।
कमिसनको खेलमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले बजार भाउभन्दा कैयौं गुणा महँगोमा सामान किन्ने सम्झौता गरेका थिए । धेरै महँगोमा ल्याइएको औषधि सामग्री पनि गुणस्तरहीन पाइएपछि ती सामग्री प्रयोग गरिएको छैन भने ओम्नीसँगको सम्झौता सरकारले रद्द गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया