सुर्खेत । रुकुम पश्चिममा १० दिनमै अस्पताल तयार भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठको अस्पताल निर्माण भएको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा आउने नगरपालिकाले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका गरिएको हो । उक्त अस्पताल आइसुलेसन भवन रहेको जनाइएको छ ।
अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड छन् । अस्पतालका ६ वटा कोठामा एटेच बाथरुम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ । विशेष वार्डमा एकरएक र नर्मल वार्डमा ६ बेड राखिएको नगरपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि ७५ लाखमा निर्माण सकिएको छ ।
पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्माले अस्पताल निर्माणको काम १० दिनमै सक्ने गरि काममा खटिन अस्पताल निर्माणको जिम्मा लिएको श्रम सहकारीलाई आग्रह गरेका थिए ।
अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई सामाजिक संजाल फेसबुकमार्फत बधाई दिएका छन् ।
“बन्यो अस्पताल, हामी पनि सक्छौ र सक्नुपर्छ। कोरोना महामारीको नियन्त्रणको लागि आठबिसकोट नगरपालिका रुकुममा सबै सुबिधा सहितको ८ कोठाको आइसोलेसन भवन १० दिनमा बनिसकेको छ।” उनले लेखेका छन्, “यो काम श्रम सहकारी द्वारा गरिएको हो। जनता नै शक्तिका श्रोत हुन। सबै कुरा जनताबाट सिकौं। पार्टी,जनता र नगरपालिका सबैलाई बधाई ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया