काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न जनता समाजबादी पार्टीका नेताहरु काठमाडौं सरकारी वकिलको कार्यालय पुगेका छन् ।
पूर्वराज्यमन्त्रीसमेत रहेका सांसद डा.सुरेन्द्र यादवको अपहरण मुद्धाको जाहेरी दर्ता गर्न यादवसँगै उनका पार्टीका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ सरकारी वकिलको कार्यालय पुगेका हुन् ।
साथै त्यहाँ जानुभन्दा अघि उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन गएका थिए । तर प्रहरीले मुद्धा दर्ता गर्न मानेको थिएन् ।
तत्कालीन समाजवादी पार्टीका सांसद डा यादवलाई बस्नेत, श्रेष्ठ र खनालले गत वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।
आफूलाई जबर्जस्ती अपहरणको शैलीमा काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया