नेपालमा कोरोना संक्रमण : आज थपिएका दुईसहित ५४ जना पुगे संक्रमित, ३०९ जना रेड जोनमा

काठमाडौं – आज (मंगलबार) थपिएका २ जना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् दिएको जानकारी अनुसार ति संक्रमित भारतबाट आएका हुन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रौतहटका २४ र ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनीहरुको स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

यस्तै हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् । बाँकी ३८ जनाको विभिनन अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणको आशंकामा कुल ५४ हजार ८ सय २६ वटा परीक्षण गरीएको छ । जसमध्ये पिसीआर विधीमार्फत् १० हजार ८ सय ७ वटा र आरडिटी विधीमार्फत् ४४ हजार १९ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मात्रै १ हजार १ सय ९३ वटा परीक्षण गरिएको छ ।

आरडिटी विधीमार्फत् प्रदेश १ मा हालसम्म कुल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण गरीएको छ । प्रदेश २ मा ५ हजार २ सय ४९ वटा जाँच गरिएको छ भने बाग्मती प्रदेशमा ८ हजार १४ वटा जाँच गरिएको छ । उता गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६ वटा जाँच गरिएको छ । प्रदेश ५ मा ५ हजार ३ सय २८ वटा जाँच गरिएकोमा कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा नमूना आरडिटी विधीमार्फत् जाँच भएको छ ।

यसैबीच हालसम्म नेपालमा २२ हजार ९९ जना क्वारेन्टाईनमा बसेका छन् । तिमध्ये प्रदेश १ मा २ हार २ सय ८८, प्रदेश २ मा १ हजार ५ सय १२ जना, बाग्मती प्रदेशमा ३ सय ६१ जना, गण्डकी प्रदेशमा ६७६ जना, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६४ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय ८९ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाईनमा बसेका छन् ।

हालसम्म आईसोलेसनमा बस्नेको संख्या १ सय ७ पुगेको छ । काठमाडौंमा ४ जना र बाहिर जिल्लामा १ सय ३ जना आईसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

मन्त्रालयको निशुल्क कल सेन्टर ११३३ र १११५ मा २ हजार ३० जनाले गत २४ घण्टामा सम्पर्क गरी विभिन्न जानकारी लिएका छन् । उनीहरुको जिज्ञाशाको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले जवाफ दिएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार गत २४ घण्टामा स्वमूल्यांकनका लागि ५ सय ८३ जनाले आफ्नो विवरण भरेकामध्ये ५ जना रेड जोनमा परेका छन् । हालसम्म यसरी विवरण भराउनेको संख्या २८ हजार १ सय २५ रहेको छ ।

जसमध्ये गत २४ घण्टाममा थपिएका समेत गरी कुल ३०९ जना रेड जोनमा परेका छन् । संम्भावित संक्रमितको रुपमा उनीहरुको टे«सिङ गर्ने काम र थप विवरण लिने काम भइरहेको मन्त्रालयले जनाएको छ । यसरी स्वमूल्याकंनमा आफ्नो विवरण भराउने सबैभनदा बढी बाग्मती प्रदेशका छन् ।

त्यसपछि क्रमश प्रदेश २, प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

रिसर्च : कुन- कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !

पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल

कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’

वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?