ओली र प्रचण्डबीचको भेटघाट सकियो, के निस्कियो निष्कर्ष ?

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट सकिएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा कुराकानी भएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री निवास मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्ता भएको थियो ।

पछिल्लो समय नेपाली राजनीतिमा देखिएको तरङ्गकाबीच दुई अध्यक्षको भेटघाटलाई महत्वपूर्ण मानिएको थियो ।

सोमवार प्रधानमन्त्री ओली तथा वरिष्ठ नेता माधव कुमार नेपाली पक्षका नेताहरुबीच भएको बैठकका क्रममा मंगलवार सचिवालय बैठक बोलाउने भनिएको थियो ।

मंगलवार बस्ने भनिएको बैठक अनिश्चित भएसँगै सचिवालय बैठक बुधवार बस्न लागेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?