आरडिटी परीक्षणमा काठमाडौंका २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

काठमाडौं । काठमाडौंमा र्‍यापिड डाइग्नोटिग टेष्ट (आरडिटी) परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा सहायक संयोजक लक्ष्मी कोइरालाले लोकपथलाई जानकारी दिईन् ।

उनी गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए । उनको पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । विदेशबाट आएका नगरपालिकाबासीहरुको परीक्षण गर्दा उनमा आरडिटि पोजेटिभ देखिएको कोइरालाले बताइन् ।

नेपालमा ५४ हजार ८ सय २६ जनामा कोरोना परीक्षण : १ सय ७ जना आईसोलेसनमा, रेड जोनमा परे ३०९ जना

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ५४ हजार ८१६ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार १९३ को नमुना संकलन गरीपरीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

मंगलबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, “पीसीआर विधिबाट हालसम्म १० हजार ८०७ जना र आरडीटी विधिबाट ४३ हजार ४३ जनाको कोरोना भाइरसको आंशकामा नमूना परिक्षण गरिएको छ । यस्तै उनले आज (मंगलबार) थपिएका २ जना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ जना पुगेको बताए ।

रौतहटका २४ र ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरुको स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका – १ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

यस्तै हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् । बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको डाक्टर देवकोटाले जानकारी दिए । उनले थपे, “आज देशैभरका आइसोलेसनमा एक सय ७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा ४ जना र उपत्यकाबाहिरका अस्पतालमा एक सय ३ जना रहेका छन्।”

उनका अनुसार हालसम्म नेपालमा २२ हजार ९९ जना क्वारेन्टाईनमा बसेका छन् । तिमध्ये प्रदेश १ मा २ हजार २ सय ८८, प्रदेश २ मा १ हजार ५ सय १२ जना, बाग्मती प्रदेशमा ३ सय ६१ जना, गण्डकी प्रदेशमा ६७६ जना, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६४ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय ८९ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाईनमा बसेका छन् ।

आरडिटी (RDT) विधीमार्फत् प्रदेश १ मा हालसम्म कुल ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण गरीएको छ । प्रदेश २ मा ५ हजार २ सय ४९ वटा जाँच गरिएको छ भने बाग्मती प्रदेशमा ८ हजार १४ वटा जाँच गरिएको छ । उता गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६ वटा जाँच गरिएको छ । प्रदेश ५ मा ५ हजार ३ सय २८ वटा जाँच गरिएकोमा कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा नमूना आरडिटी विधीमार्फत् जाँच भएको छ ।

गत २४ घण्टामा स्वमूल्यांकनका लागि ५ सय ८३ जनाले मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेकामध्ये ५ जना रेड जोनमा परेका छन् । हालसम्म यसरी विवरण भराउनेको संख्या २८ हजार १ सय २५ रहेको छ ।

जसमध्ये गत २४ घण्टाममा थपिएका समेत गरी कुल ३०९ जना रेड जोनमा परेका छन् । संम्भावित संक्रमितको रुपमा उनीहरुको टे«सिङ गर्ने काम र थप विवरण लिने काम भइरहेको मन्त्रालयले जनाएको छ । यसरी स्वमूल्याकंनमा आफ्नो विवरण भराउने सबैभन्दा बढी बाग्मती प्रदेशका रहेको मन्त्रालयले जनाएको छ ।

त्यसपछि क्रमश प्रदेश २, प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :

रिसर्च : कुन- कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?