काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख १२ हजार ५४६ जनाले ज्यान गुमाएका छन् भने ३० लाख ८५ हजार १२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९ लाख ३४ हजार ८०५ जना उपचार पछि निको भएका छन् भने ५६ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म ५६ हजार ८२१ जनाको ज्यान गएको छ भने १० लाख १० हजार ६०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २४ जनाको ज्यान गएको छ भने त्यहाँ आज मात्रै २४८ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १४ हजार १८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २३ हजार ८२२ जनाको ज्यान गएको छ भने २ लाख ३२ हजार १२८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २ हजार ७०६ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ३०१ जनाको मृत्यु भएको छ । त्यहाँ ७ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ९७७ जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार ४१४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २३ हजार २९३ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ८४२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ६०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा अहिलेसम्म ६ हजार १३६ जनाको ज्यान गएको छ भने १ लाख ५८ हजार ७६८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १० जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँँ १० जनाको ज्यान गएको छ । त्यस्तै त्यहाँ२ हजार ४०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २१ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ५७ हजार १४९ जनालाई संक्रमण भएको छ ।
बेलायतमा १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९०० जनाको ज्यान गएको छ भने १ लाख १२ हजार २६१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ७३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८६७ जनाको ज्यान गएको छ भने ९३ हजार ५५८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ६ हजार ४११ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ ७३ जनाको ज्यान गएको छ । त्यहाँ२ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८७७ जनाको ज्यान गएको छ भने ९२ हजार ५८४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ११२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ७१ जनाको ज्यान गएको छ । त्यस्तै चीनमा आज थप ६ जनालाई कोरोनाको संक्रमण भएको छ ।
चीनमा अहिलेसम्म महामारीका कारण ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म ४ हजार ६०३ जनाको ज्यान गएको छ भने ६७ हजार ४४६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ९४५ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ आज नै ६० जनाको मृत्यु भएको छ । त्यस्तै क्यानडमा अहिलेसम्म २ हजार ७०७ जनाको मृत्यु भएको छ भने ४८ हजार ५०० जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको कारण आज मात्रै १२४ जनाको ज्यान गएको छ भने आजै ६४७ नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ ७ हजार ३३१ जनाको ज्यान गईसकेको छ भने ४७ हजार ३३४ जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म महामारीबाट ४ हजार ५६६ जनाको ज्यान गएको छ भने ३८ हजार ४१६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १७१ जना नयाँ संक्रमित थपिएका छन् भने आज मात्रै त्यहाँ ४८ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ९३९ जनाको ज्यान गएको छ भने २९ हजार ४५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजार ६७७ जनाको ज्यान गएको छ भने २९ हजार २६४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १०० नयाँ संक्रमित थपिएका छन् भने आजै १२ जनाको ज्यान गएको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २ हजार ३५५ जनाको ज्यान गएको छ भने १९ हजार ६२१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६९५ जना संक्रमित आजै थपिएका छन् भने आजै त्यहाँ ८१ जनाको ज्यान गएको छ । त्यस्तै आयरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार १०२ जनाको ज्यान गएको छ भने १९ हजार ६२१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा अहिले सम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ४३४ जनाको ज्यान गएको छ भने १५ हजार ५२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८३ जनाको मृत्यु भएको छ भने ८५२ जना नयाँ संक्रमित थपिएका छन् । विश्वमा यो समाचार तयार पार्दासम्म आज १ हजार ९७ जनाको ज्यान गएको छ भने २२ हजार ६०८ नयाँ संक्रमित थपिएका छन् ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया