यी ३ देश जहाँ बितेको २४ घण्टामा कोरोना संक्रमित र मृतक थपिएनन् !

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वमा २ लाख १४ हजार १ सय ६ जना मानिसको ज्यान गइसकेको छ । भने ३१ लाख २ हजार ६ सय ६७ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । भने तिनिहरु मध्ये ५६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचारपछि ९ लाख ४४ हजार ७१ जना निको भएर घर फर्किएका छन् ।

फ्रान्समा भने बितेको २४ घण्टामा कोरोनाका बिरामी मृतक देखिएका छैनन् । तर त्यहाँ हालसम्म १ लाख ६५ हजार ८ सय ४२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने २३ हजार २ सय ९३ जना मानिस कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ९ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म २९ हजार ४ सय ५१ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा कोरोनाको थप बिरामी र मृतक थपिएका छैनन् । त्यस्तै हालसम्म भारतमा कोरोना उपचारपछि ७ हजार १ सय ३७ जना मानिस घर फर्किएका छन् ।

त्यस्तै बेलायतमा बितेको २४ घण्टामा कोरोनाका कुनैपनि बिरामी नथपिएको र कसैको पनि ज्यान नगएको तथ्यांकले देखाएको छ । साथै हालसम्म त्यहाँ कोरोनाको कारण २१ हजार ९२ जना मानिसको ज्यान गइसकेको र १ लाख ५७ हजार १ सय ४९ जना मानिसमा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?