गगन थापाको आक्रोश- “प्रधानमन्त्रीज्यू परिस्थिति बिगार्ने तपाईं नै हो” !

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी ओलीले महामारीको मौका छोपी आफ्नो स्वार्थको लागि अस्थिरताको खेल खेलेको आरोप लगाएका छन् । यस्तो महामारीको बेला अनेकन प्रपन्च रचेर परिस्थिती बिगारेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

शुक्रवार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्, “वाह प्रधानमन्त्रीज्यू! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ?”

यतिबेला विश्व समुदाय नै कोरोना रोकथाम तथा नियन्त्रणको लागि लागि रहेका छन् ।  तर नेपालमा अहिले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीनिक रडाको मच्चिएको अवस्था छ ।

यस्तो अवस्थामा पनि प्राथमिकता भन्दा बाहिर गएर काम गरेको आरोप लगाउँदै गर्नु पर्ने नगर्ने, देख्नु पर्ने नदेख्ने, सुन्नु पर्ने कुरा नसुनेको आरोप लगाउँदै खबरदारी गर्नेहरुप्रति धम्की दिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

उनले भनेका छन्, “गर्नु पर्ने नगर्ने,देख्नुपर्ने नदेख्ने,सुन्नुपर्ने नसुन्ने तपाईं! अनि धम्की ति खवरदारी गर्नेहरूलाई ?”

साथै जो चोर उसकै ठुलो स्वर भन्दै उक्त धम्कीबाट नतर्सिने चेतावनी समेत नेता थापाले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?