नेकपाको सचिवालय बैठक शुरु, के होला निर्णय ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

गत बुधवार बसेको सचिवालय बैठकले शनिवारका लागि बैठकको तय गरेको थियो । शनिवार अपरान्ह ४ बजेका लागि बस्ने भनिएको बैठक डेढ घण्टाको लागि सारिएको थियो । पछिल्लो समय नेकपाभित्र आन्तरिक द्वन्द चर्किएको छ ।

बुधवार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोनाको भय सकिएपछि प्रधानमन्त्री बनाउने तथा वरिष्ठ नेता नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाउने निर्णय गरेका थिए ।

त्यसैले पनि आजको बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ । साथै आजै मात्र प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । बिहानै बाट नेताहरुबीच एक आपसमा भेटघाटहरु भइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?