काठमाडौं । सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । सचिवालय बैठक अन्य दिनको भन्दा फरक र महत्वपुर्ण मानिएको छ । साथै बैठकको शुरुमा नै अन्य दिनको भन्दा फरक परिदृष्य देखियो । त्यो हो, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बस्ने आसन फेरिनु ।
अन्य बैठकहरुमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्ड लगायत सबै सदस्यभन्दा फरक कुर्सीमा आसिन हुन्थे ।उनी सबैलाई समुह बनाएर केहि निर्देशन दिएजस्तै मुद्रामा केहि टाढा सबैको सामुन्य रहने गरेका थिए । भने शनिवार फरक दृश्य देखिएको हो । अपरान्ह साढे ५ बजेको बैठकमा ओली-दाहाल हाराहारी कुर्सीमा रहेका छन् । बैठक शुरु हुने बित्तिकै प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले उक्त तस्वीरहरु सार्वजनिक गरेका थिए ।
सचिवालय बैठकमा पहिले यसरी रहने गरेका थिए
शनिवारको बैठकमा ओली प्रचण्ड-हाराहारी बसिरहेका
गत बुधवार बसेको सचिवालय बैठकले शनिवारका लागि सचिवालय बैठक तोकेको थियो । शनिवार अपरान्ह ४ बजे भनिएपनि दिउँसो नै समय तालिका फेरिन पुगेको थियो ।
पछिल्लो समय सत्ताधारी दल नेकपामा देखिएको आन्तरिक किचलो मिलाउन प्रधानमन्त्री ओलीलाई हम्मे हम्मे परेको छ । कोरोनाको महामारीकाबीच अध्यादेश जारी गरेर गर्माएको राजनीतिले उनी आफैलाई दवाव परेको थियो । स्रोत भन्छ -सचिवालयमा आफू अल्पमतमा परेपछि ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई आफुतिर तान्न कोरोना संक्रमणको भयपछि प्रधानमन्त्री बनाउने वाचा गरेका छन् । भने वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
साथै शनिवार नै सचिवालय बैठक बस्नुअघि ओलीले राष्ट्रपतिसँग समेत भेटघाट गरेका थिए । बैठकमा अध्यक्षद्वय ओली प्रचण्डसहित
माधवकुमार नेपाल, झलनाथ खनाल,वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा लगायतको उपस्थिती रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया