काठमाडौं । विभिन्न अड्कलबाजीका बीच उत्तर कोरियाका तानाशाह किम जोङ उनको सत्यता बाहिरिएको छ ।
उनी गत अप्रिल ११ गतेबाट नदेखिएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको आँकलन गरिए पनि त्यो सबै झुटो भएको छ । उनी स्वस्थ र जिवीत रहेको कुरा पुष्टि भएको छ ।
उनी शनिवार एक फ्याक्ट्रीको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । करिव ३ हप्ता पछि उनी पहिलो पटक सार्वजनिक रुपमा देखिएका हुन् ।
उनको स्वास्थ्य अवस्थालाई लिएर अनेकन अड्कल बाजी भएका थिए । यहाँ सम्मकी उनी पछिको उत्तराधिकारी को भन्ने कुराको समेत बहस शुरु भईसकेको थियो ।
वास्तविकतामा विदेशी मिडियाहरुले उनको हार्ट सर्जरी भएको बताएका थिए । हार्ट सर्जरीका कारण उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको थियो ।
साथै उनको ब्रेन डेड भएको समेत समाचार छापिइसकेको थियो । तर उत्तर कोरियाली मिडियाले उक्त बारेमा केहि कुराको स्पटोक्ति दिएका थिएनन् ।
#WATCH North Korea's Kim Jong Un makes first public appearance in 20 days, at the completion of a fertilisers plant in Pyongyang pic.twitter.com/1OY8W8ORD7
— ANI (@ANI) May 2, 2020
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि किम बिल्कुलै स्वस्थ रहेको बताएका थिए । भिडियोमा किम एकदमै स्वस्थ रहेको देखिएको छ ।
उनले कालो सूट लगाएर फ्याक्ट्रीको उद्घाटन समारोहमा भाग लिएका थिए । त्यसबेला मानिसहरुले ताली बजाएर र हात हल्लाएर उनको स्वागत गरेका थिए । उनको साथमा उनकी बहिनी पनि रहेको देखिएको छ ।
एजेन्सीको सहयोगमा
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
कोरोना महामारीका बीच चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा फैलियो त्रास
लकडाउन असर : भोकले तड्पिरहेका बच्चालाई खुवाउन आमाले पकाईन् ढुङ्गा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया