काठमाडौं । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ ।
उक्त बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने स्रोतले जनाएको छ ।
सरकारले सामाजिक दूरी कायम बैशाखको अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।
त्यसैको तयारीस्वरुप गत बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन चलाउनको लागि निरिक्षण समेत गरेका थिए ।
हरेक वर्षको बजेट घोषणा हुनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
प्रत्येक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया