काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ । काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो ।
सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । नागढुंगामा सुन्दर यातायातको सहयोगमा निर्माण भएको हो । उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको उनले बताए । प्रजिअ दाहालले यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको उनले बताए । मालबाहक सवारीबाट सुरक्षाजोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअ दाहालले बताए ।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्कृय पार्नका लागि टनेल निर्माण भएको बताए । छिमेकी भारतबाट ठूलो संख्यामा मालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उनले डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको बताए । यसले मावन स्वास्थ्यमा भने कुनै असर गर्नेछैन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लक डाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताए ।
टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया