काठमाडौं । कोरोना भाइरसको महामारी जारी नै रहेको छ । कोरोना भाइरसका कारण विश्वमा लाखौँ मानिसहरुले ज्यान गुमाईसकेका छन् ।
यसैबीच भारतको कोलकत्तास्थित एम आर बांगुर अस्पतालको हो । जहाँ कोरोना पोजेटिभ र नेगेटिभको चक्करमा एक वृद्ध व्यक्तिको मृत्यु भएको छ ।
कोलकताको आर्महर्स्ट थाना क्षेत्रमा बस्ने एक ६८ वर्षका व्यापारीलाई गएको १८ अप्रिलका दिन टाउको दुख्ने, खोकी लाग्ने तथा उच्च ज्वरो आएको थियो ।
त्यसपछि उनका छोराले उनलाई अस्पताल भर्ना गराएका थिए । त्यसपछि परिक्षणका क्रममा उनका पिताको २५ अप्रिलका दिन स्वास्थ्य विभाग मुख्यालयले पोजेटिभ नतिजा आएको बताएको थियो । २६ अप्रिलमा फोन गरेर उक्त वृद्धलाई क्वारेन्टाइनमा राख्न आदेश दिइयो ।
त्यसै दिन फेरी अस्पतालले उनको रिपोर्ट नेगेटिभ आएको बतायो । त्यसपछि परिवारले उनलाई घर लिएर गए । अस्पतालले बिरामी कोरोना नेगेटिभ लेखेको पत्र छोरालाई दिएका थिए ।
अस्पतालका एक डाक्टरले भारतीय सञ्चारमाध्यमहरुसँग नाम नबताउने शर्तमा उनको मृत्यु अस्पतालको लापर्वाहीका कारण भएको बताएका छन् ।
उनलाई कोरोना नभएको तर बिरामी भएको बेला उपचार नगरेपछि उनको मृत्यु भएको उनले बताएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया