ठुला होटलले बिदाको समयमा १२.५ प्रतिशत मात्रै तलब दिने

काठमाडौं । लकडाउनका कारण यतिबेला देशभर होटल व्यवसाय बन्द रहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण सुरक्षार्थ होटल संघ नेपालले ६ महिनासम्मका लागि व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाबाट उत्पन्न परिस्थिती थप भयावह नहोस भन्नका लागि संघको आइतवार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जसमा नेपालका ठुला तारे होटलका मालिकहरुले समेत एक्येवद्धता जनाएका छन् ।

लकडाउका कारण ज्यालामजदुरी गर्नेहरुलाई असर परेको भन्दै सरकारले उद्योग व्यवसाय बन्द भएको अवस्थामा पनि ६ महिना कम्तिमा ५० प्रतिशत पारिश्रमिक तत्काल भुक्तानी गर्न तथा बाँकी ५० प्रतिशतका लागि बैंकबाट सहुलियत व्याज दिन सक्ने निर्णय गरेको थियो । गत बैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

साथै संघले लकडाउनको बेला कर्मचारीहरुलाई ६ महिनासम्म आधारभूत तलबको १२ दशमलव ५ प्रतिशतका दरले हुन आउने रकम मात्र दिने निर्णय गरेको छ । साथै कर्मचारीहरुहरुले संघले दिएको तलब नलिएमा जागिरबाट निकाल्ने निर्णय समेत गरेको जनाइएको छ । संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन अन्तर्गत कटौतीको प्रक्रिया थाल्दै सूचना दिएर पूर्ण वा आंशिक रुपमा नै हटाउने निर्णय गरेको छ ।

आज बसेको बैठकको निर्णय अनुसार होटल व्यवसायमा आवद्ध कर्मचारीलाई असोज मसान्तसम्म १२ दशमलव ५ प्रतिशतका लागि दिइने छ । साथै उक्त तलबमा नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्ने समेत सहमतिमा उल्लेख रहेको छ । भने सेवा शुल्क उपलब्ध गराउने होटलको हकमा भने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउने पनि सहमति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?