उच्चस्तरीय समितिको बैठक बस्दै, के लकडाउन थपिएला ?

काठमाडौं । सोमवार कोरोना रोकथाम तथा न्यूनिकरण उच्चस्तरीय समितिको बैठक बस्ने भएको छ । आज बस्ने उक्त बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण सुरक्षार्थ आगामी बैशाख २५ गतेसम्मको लागि लकडाउन घोषणा गरेको छ ।

आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ।

सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन गरेको छ । जसको कारण दैनिक जनजीवनमा प्रत्यक्ष असर परेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।

आइतवार मात्रै नेपालगञ्जमा एकैदिन १५ जना तथा वीरगञ्जमा १ गरि १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ७५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?