संघीय संसदको महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस

काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतमको नाम सिफारिस भएको छ ।

संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार महासचिव नियुक्त गर्न उनको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । हाल गौतम संसदका सचिव रहेका छन् ।

संघीय संसदको महासचिव राष्ट्रियसभा अध्यक्ष र सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।

यसभन्दा अघि संसदका महासचिव मनोहरप्रसाद भट्टराईले अवकास पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यबाहकको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?