काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।
गौतम हाल संघीय संसदमा सचिवालय सचिव रहेका थिए ।
यसअघिका महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएसँगै सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया